मुख्यसचिवको मासिक तलब ९० हजार ५ सय, कुन तहका कर्मचारीले कति पाउँछन् ? (सूची)

मुख्यसचिवको मासिक तलब ९० हजार ५ सय, कुन तहका कर्मचारीले कति पाउँछन् ? (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थ मन्त्रालयले यही साउनदेखि लागू हुने सरकारी कर्मचारीहरुको तलव विवरण सार्वजनिक गरेको छ ।मन्त्रालयले बुधबार सरकारी निकायलाई पत्राचार गर्दै नयाँ तलबको विषयमा जानकारी गराएको हो ।

गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो ।

यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सम्बन्धि निर्णय गरेको थियो ।

निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीले (निवृत्तभरण प्रयोजन)का लागि अनुसूची एक देखि आठ सम्मको नयाँ तलबमान एवम् एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पछि कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता बापतको रकम पाउने छन् ।

मुख्य सचिवको सुरुको तलब ८४ हजार ९३२ रहेको छ भने राजपत्रांकित विशिष्ट श्रेणीको ७९ हजार २९०, अतिरिक्त सचिव (पेन्सन प्रयोजन)का लागि ६६ हजार ५३९ तोकेको छ।

यस्तै त्यसैगरी राजपत्र अंकित प्रथम अतिरिक्त मान पेन्सनको लागि ४१ हजार ५१७, राजपत्र अंकित प्रथम ३८ हजार २०३, राजपत्र अंकित द्वित्तीय अतिरिक्त मान पेन्सन ३७ हजार ४०७, राजपत्र अंकित द्वितीय ३६ हजार १९२, राजपत्र अंकित तृतीयको लागि ३० हजार ३७३ र राजपत्र अंकित चर्तुर्थको लागि २८ हजार ६९० तोकिएको छ ।