काठमाण्डु– नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद बैठकले साहलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो।
कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको थियो।
धनुषाका नागेन्द्र साह, प्युठानका कौशल केसी र सप्तरीका सञ्जीव कुमार देवको नाम सिफारिस भएको थियो।
उनी आयल निगमको पूर्वनिमित्त कार्यकारी निर्देशक हुन्।




प्रतिक्रिया