काठमाण्डु– अर्थ मन्त्रालयले यही साउनदेखि लागू हुने सरकारी कर्मचारीहरुको तलब विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार सबैभन्दा कम तलब सशस्त्र प्रहरी रिक्रुट (श्रेणि विहिन)को रहेको छ । जसले २७ हजार १७२ रुपैयाँ तलब पाउने छ ।
यस्तै अन्य कार्यालय सहयोगीहरुले पनि सबैभन्दा कम २८ हजार ९८४ रुपैयाँ तलव पाउनेछन् । यस्तै सबैभन्दा धेरै तलब बुझ्नेमा मूख्य सचिव रहेका छन् । मूख्य सचिवको तलब ९० हजार ५ सय रुपैयाँ रहेको छ ।
गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो ।
यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सम्बन्धि निर्णय गरेको थियो ।
निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीले (निवृत्तभरण प्रयोजन) का लागि अनुसूची एक देखि आठ सम्मको नयाँ तलबमान एवम् एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पछि कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता बापतको रकम पाउने छन् ।





प्रतिक्रिया