गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभामा माफी मागे, पुराना दलबाट धेरै सिक्न बाँकी रहेको स्वीकार

गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभामा माफी मागे, पुराना दलबाट धेरै सिक्न बाँकी रहेको स्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा आफ्नो प्रस्तुतिलाई लिएर माफी मागेका छन् ।

उनले आफ्नो भाषा शैली ठाडो भएको स्वीकार गर्दै सांसदहरुसँग माफी मागेका हुन् ।

बिहीबार बैठकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् विष्णुबहादुर विश्वकर्माले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारामाथि कारबाही नहुनुको कारणबारे प्रश्न सोधेका थिए ।

पीडितकी आमालाई थप पीडा हुने भएकाले अबदेखि प्रतिनिधिसभा र राष्ट्रियसभामा उक्त सवाल नउठाउन गुरुङले चेतावनी दिएका थिए । त्यसबारे सञ्जालमा उनको व्यापक आलोचना भएको थियो ।

उनले पुराना दलबाट आफूहरुले धेरै सिक्न बाँकी रहेको स्वीकार गरे । आगामी दिनमा सिक्दै पनि जाने उनको भनाइ थियो । ‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ, सिक्दै जानेछौं । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो,’ उनले रोष्ट्रमबाट भने, ‘ यसका लागि म क्षमाप्राथी पनि छु । हजुरहरूलाई माफी पनि माग्न चाहन्छु ।’

विपद् व्यवस्थापनको विषयमा छलफल गर्ने कार्यसूची रहेको भए पनि निर्मला पन्तको विषय उठेकाले आफू रुखो शैलीका साथ प्रस्तुत भएको बताए ।

मौसमजन्य पूर्वतयारीका लागि सरकारको तयारीबारे छलफल गर्न सभामा गृहमन्त्रीलाई बोलाएइको थियो ।

एउटा विषयमा छलफल गर्न बोलाएर अर्कै विषयमा प्रश्न उठाएको भन्दै उनले आपत्ति भने जनाए ।