बिक्री दबाब बढ्दा नेप्से ओरालो, अधिकांश कम्पनीको मूल्य घट्यो

बिक्री दबाब बढ्दा नेप्से ओरालो, अधिकांश कम्पनीको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।

अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि नेप्से १३.८२ अंकले ओरालो लाग्दै २,६५४.१५ विन्दुमा कायम भएको हो ।

परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ ।

बुधबार ४ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज ३४७ कम्पनीका १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर खरिद–बिक्री भएका छन् । कारोबारमा आएका कम्पनीमध्ये ६४ वटाको सेयर मूल्य बढेको, २०२ वटाको घटेको र १० वटाको मूल्य स्थिर रहेको छ ।

मूल्य वृद्धितर्फ अपर लोहोरे खोला हाइड्रोपावर अग्रस्थानमा रह्यो । कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता ४०७ रुपैयाँ २० पैसामा पुगेको छ । कालंगा हाइड्रोपावरको सेयर मूल्य पनि ४.६२ प्रतिशतले वृद्धि भई प्रतिकित्ता ५५४ रुपैयाँ ५० पैसामा कायम भएको छ ।

यता, एलएस होराइजन–१२ योजनाका लगानीकर्ताले सबैभन्दा बढी मूल्य घटेको सामना गरेका छन्। यस योजनाको इकाइ मूल्य ६.५० प्रतिशतले घटेर ९ रुपैयाँ ३५ पैसामा झरेको छ। मेगा म्युचुअल फन्ड–१ को इकाइ मूल्य पनि ५.६१ प्रतिशतले घट्दै ८ रुपैयाँ ७५ पैसामा सीमित भएको छ।

कारोबार रकमका आधारमा रिडी पावर शीर्ष स्थानमा रह्यो। कम्पनीको ४७ करोड २४ लाख रुपैयाँ बराबरको सेयर प्रतिकित्ता ३८४ रुपैयाँ ९० पैसामा खरिद–बिक्री भएको छ ।

दोस्रो स्थानमा रहेको आँखुखोला जलविद्युतको २६ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर प्रतिकित्ता ३७४ रुपैयाँमा कारोबार भएको छ ।

समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूह मात्रै बढेको छ । बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूहका परिसूचक भने घटेका छन् ।

समग्र बजारमा बिक्री दबाब कायम रहँदा अधिकांश समूह राताम्मे बनेका हुन् ।