काठमाण्डु – नेपाली कांग्रेसभित्र संस्थापनइतर समूहले समानान्तर अभ्यास अगाडि बढाउँदै विधान लेखनसम्मको तयारी गरेको छ ।
कांग्रेसको आधिकारिकता विवादमा पूर्ववत् फैसलालाई पुनरावलोकन गर्न सर्वाेच्च अदालतले अनुमति दिएकै दिन संस्थापनइतर समूहको बैठकले कानून तथा विधान लेखनको जिम्मेवारी पूर्वगृहमन्त्री रमेश लेखकलाई दिएको छ ।
राष्ट्रिय भेलाको तयारीमा रहेको संस्थापनइतर समूहले भेलामा प्रस्तुत गरिने प्रतिवेदन लेखनअन्तर्गत राजनीतिक प्रतिवेदन लेख्न नेता विमलेन्द्र निधिलाई संयोजक तोकेको छ । भेला साउन २९–३१ गतेसम्म हुँदैछ ।
सांगठनिक प्रतिवेदन लेख्ने जिम्मेवारी नेता उमाकान्त चौधरी, समसामयिक विषयमा प्रतिवेदन लेख्ने जिम्मेवारी एनपी साउद, आर्थिक नीति प्रतिवेदन लेख्ने जिम्मेवारी डा. प्रकाशशरण महतले पाएका छन् ।
प्रतिवेदन लेखन कार्यदलमा ७–११ जना सदस्य रहने गरी गठन गरिएको राष्ट्रिय भेला प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए ।




प्रतिक्रिया