काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजनबिच ‘विपद् सुरक्षित नेपाल’ कार्यक्रम निर्माण तथा प्रसारण सम्बन्धी सम्झौता भएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको उपस्थितिमा कार्यक्रमको निर्माण र प्रसारण सम्बन्धी सम्झौता गरिएको हो ।
सम्झौता पत्रमा प्राधिकरणका तर्फबाट सहसचिव प्रदीप कुमार कोइराला र सार्वजनिक सेवा प्रसारण नेपालका तर्फबाट नायव महाप्रबन्धक राजकुमार थापाले हस्ताक्षर गरे ।
प्राधिकरणको समन्वयमा नेपाल टेलिभिजनले निर्माण गरी हरेक शनिबार बिहान ८:२५ बजेदेखि प्रसारण गर्ने कार्यक्रममा विपद् व्यवस्थापन सम्बन्धी गतिविधि, जानकारी एवं बहस समेटिने जनाइएको छ ।




प्रतिक्रिया