काठमाण्डु – नेपाल प्रहरीले गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका जघन्य अपराधको घटनाका आरोपीले कुनै पनि उन्मुक्ति नपाउने स्पष्ट पारेको छ ।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाटका क्रममा प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जघन्य प्रकृतिको कसुरका कुनै पनि आरोपीलाई छुट नहुने बताए ।
महान्यायाधिवक्ता कार्यालयबाट पनि सरकारको तर्फबाट कुनै पत्र नआएको र गम्भीर घटनाका आरोपीलाई उन्मुक्ति दिन नहुने उनले बताए ।




प्रतिक्रिया