भारी वर्षाको सम्भावनासँगै २२ जिल्लामा बाढीको जोखिम, कहाँ–कहाँ ?

भारी वर्षाको सम्भावनासँगै २२ जिल्लामा बाढीको जोखिम, कहाँ–कहाँ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज (शनिबार) देशका विभिन्न जिल्ला भएर बग्ने नदीमा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाले वुलेटिन जारी गर्दै २२ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको जनाएको हो ।

आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाण्डु भक्तपुर, ललितपुर, काभ्रपलाञ्चोक, गोरखा, लमजुङ, बागलुङ, तनहुँ, म्याग्दी, कास्की, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, बझाङ र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ।

हाल कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्‍चिम राप्ती नदीको बहाब (जल सतह) सतर्कता तहभन्दा तल नै छ।

आज बागमती, कोसी, गण्डकी, कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।