काठमाण्डु– फरक पृष्ठभूमि र मुद्धा बोकेका विभिन्न सात राजनीतिक दलले संयुक्त राजनीतिक मोर्चा गठन गर्ने भएका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपालले मोर्चा घोषणा गर्न लागेका हुन् ।
ती सबै दलले २१ पmागुनको प्रतिनिधिसभा निर्वाचनबाट देशभरबाट एक सिट पनि जित्न सकेका थिएनन् ।
थापागाउँस्थित एक पार्टी प्यालेसमा शनिबार घोषणा हुने मोर्चाको नाम ‘ ‘अग्रगामी मोर्चा’ राखिएको छ ।
कार्यक्रममा मोर्चाको राजनीतिक उद्देश्य, संगठनात्मक संरचना र आगामी कार्यदिशा सार्वजनिक गरिने प्रलोपाका प्रवक्ता रजमान तामाङले बताए ।
केही दिनअघि बसेको बैठकमा सात दलका प्रमुख नेताको बैठकले संयुक्त राजनीतिक मोर्चा निर्माण गर्ने घोषणा गरेको थियो ।
उनीहरुले संघीयता, पहिचान, समावेशिता तथा सामाजिक न्यायलगायतका विषयलाई मुख्य एजेण्डा बनाएर संयुक्त रुपमा राजनीतिक अभियान सञ्चालन गर्ने बताइको छ ।




प्रतिक्रिया