दाङ–धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका केन्द्रीय सचिवालय सदस्य तिलकलाई प्रहरीले पक्राउ गरेको छ ।
पार्टीका प्रवक्ता उदयबहादुर चलाउने दीपकले तिलकलाई २१ साउनको साँझ दाङस्थित घरमै बसिरहेका बेला प्रहरीले पक्राउ गरेको हो ।
तिलकलाई पक्राउ गर्नुको कारण नखुलाइएको र पक्राउ पुर्जीसमेत नदिइएको पार्टीको दाबी छ । घटनाप्रति आपत्ति जनाउँदै नेकपा बहुमतले गिरफ्तारीको भर्त्सना गरेको छ ।
बालेन्द्र शाह बालेन नेतृत्वमा वर्तमान सरकार गठन भएपछि सुकुम्बासी बस्तीमा डोजर चलाइएको, प्रधानमन्त्रीले संसद्मा देशको सार्वभौमिकताविरुद्ध अभिव्यक्ति दिएको तथा मूल्यवृद्धि आकाशिएको लगायत विषयमा विरोध गर्दै आएका कारण तिलकलाई पक्राउ गरिएको आरोप चलाउनेले लगाए ।
सरकारका कामकारबाहीविरुद्ध आवाज उठाएकै कारण प्रतिशोधस्वरूप आफ्ना नेता पक्राउ गरिएको आरोप बहुमतले उनलाई तत्काल रिहा गर्न माग गरेको छ ।




प्रतिक्रिया