ग्यास अभाव नरोकिएपछि सरकारले डिपोमै खटायो प्रहरी

ग्यास अभाव नरोकिएपछि सरकारले डिपोमै खटायो प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि सरकारले उपत्यकाका स्थानीय ग्यास डिपोहरुमा प्रहरी परिचालन गरेको छ ।
काठमाण्डु उपत्यका प्रहरी कार्यालयले काठमाण्डु, ललितपुर र भक्तपुरका सबै डिपोमा प्रहरी खटाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी दानबहादुर थापाले सहजीकरण र कलोबजारी तथा कृत्रिम अभाव भए÷नभएको बारे अनुगमनका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए ।

नेपाल आयल निगम, उपभोक्ता हित संरक्षण विभाग र उपभोक्ता अधिकारवादीलगायतसँगको समन्वयमा अनुगमन भइरहेको थापाले उल्लेख गरे ।


उनका अनुसार डिपोहरुले कम्पनीबाट ल्याएको र वितरण गरेको ग्यास सिलिण्डरको संख्या रुजु गर्ने, कालोबजारी भएको भए नियन्त्रणमा लिएर कारबाही गर्ने जस्ता कामका लागि शुक्रबारदेखि नै प्रहरी खटिएको छ ।

अनुगमनका क्रममा उपभोक्ता आत्तिएर बढी सञ्चिती गरेको पाइएको थापाले बताए ।

‘डिपोहरुले के कति ग्यास ल्याउँछन् र कसरी वितरण गरिरहेका छन् भन्ने अनुगमन गरिरहेका छौं । हाम्रो अनुगमनका क्रममा के हुने हो कसो हुने हो भन्ने ठानेर उपभोक्ताले बढी ग्यास सञ्चिती गरेको भेटिएको छ’, थापाले काठमाण्डु पाटीसँग भने, ‘बजारमा माग बढी भएको अवस्थाको फाइदा उठाएर कसैले अनुचित रुपमा कालोबजारी गर्न नपओस् भनेर चनाखोका साथ हेरिरहेका छौं ।’

बास्तविक बजार मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्रीमा संलग्न केहीलाई नियन्त्रणमा लिएर आश्यक कारबाही अघि बढाइएको थापाले बताए ।

माग धान्ने गरी पर्याप्त मात्रामा ग्यास आयात भइरहेको सरकारी दाबीविपरीत बजारमा ग्यासको हाहाकार छ ।

एक सिलण्डिर ग्यासका लागि घण्टौं लाइन लाग्नुपर्ने बाध्यतामा उपभोक्ता छन् ।

ग्यास अभाव भएको विषयलाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरुले समेत सरकारको आलोचना गर्न थालेपछि अनुगमनमा कडाई थालिएको हो ।