जुवातास खेल्दाखेल्दै ३५ जना पक्राउ

जुवातास खेल्दाखेल्दै ३५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले जुवातास खेल्दाखेल्दै विभिन्न जिल्लाबाट ३५ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–११ कपन आनिगुम्बास्थित शिव बहादुर विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा संखुवासभा घर भएका ५६ वर्षीय आङ्देवा शेर्पा समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २८ हजार ३९० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–१७ ड्यामसाइड बस्ने ५० वर्षीय राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २८ हजार ७० नेपाली रूपैयाँ, २ हजार ५०० भारतीय रूपैयाँ र १५६ पत्ती ताससहित पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–३१ भाटामुल बस्ने ४० वर्षीया ललिता ज्वार्चनको घरमा जुवातास खेलिरहेको अवस्थामा ललिता समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३१ हजार ७६० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–१ भृकुटीपथ नजिकै भारत हाउडा शिवडा घर भएका ४० वर्षीय सुजित खन्राले भाडामा लिएको सटरमा जुवातास खेलिरहेको अवस्थामा सुजित समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५१ हजार ८०५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।