काठमाण्डु– अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । रोशी गाउँपालिका–९ स्थित पिन्थली र नार्केमा सडक माथिबाट खसेको लेदोसहितको पहिरो पन्छाएपछि सोमबार बिहान ८ बजेदेखि राजमार्ग सञ्चालनमा आएको हो ।
वर्षासँगै सोमबार बिहान करिब ४ बजे पिन्थली र नार्केमा लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।




प्रतिक्रिया