काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन्।
प्रधानमन्त्री शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका हुन् ।
भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार श्रीवास्तवसँग बिहान ११ बजे र माओमिङसँग दिउँसो ३ बजे भेटवार्ता गर्ने कार्यक्रम निश्चित भएको छ ।




प्रतिक्रिया