बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाए शुभकामना सन्देश

बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाए शुभकामना सन्देश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाएका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटघाटमा भारतीय राजदूत नवीन श्रीवास्तले शाहलाई नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री शाहसँगको भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले द्विपक्षीय हितका विषयमा छलफल भएको उल्लेख गर्दै लेखेका छन् ‘भारत र नेपालबीचको मजबुत एवं बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा फलदायी र सकारात्मक छलफल भयो ।’