काठमाण्डु – मुस्लिम आयोगका कार्यबाहक अध्यक्ष महमदिन अलीले आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित कार्यक्रममा कार्यबाहक अध्यक्ष अलीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको छ ।
राष्ट्रपति पौडेलसमक्ष संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेश गर्ने संवैधानिक व्यवस्थाअनुसार मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ ।




प्रतिक्रिया