काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङबिच भेटवार्ता भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको छ।
भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए ।
राजदूत माओमिङले पनि प्रधानमन्त्री बालेनलाई शुभकामना व्यक्त गर्दै २ देशबिचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।




प्रतिक्रिया