प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेशमन्त्री जयशंकर काठमाण्डु आउँदै

प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेशमन्त्री जयशंकर काठमाण्डु आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई ब्रिक्स शिखर सम्मेलनको निम्तो दिन भारतीय विदेशमन्त्री एस जयशंकर काठमाण्डु आउने भएका छन् ।

प्रधानमन्त्री बालेनलाई भेटेरै निम्तो दिन जयशंकर अगस्तको अन्तिम हप्ता नेपाल आउने तयारीमा छन् ।

त्यहीँ क्रममा भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाईवाला पनि काठमाण्डु आउने भएका छन् ।

अगस्त २६ तारिखका दिन काठमाण्डुमा भारतीय सञ्चारमाध्यम एनडीटीभीले कार्यक्रमको आयोजना गरेको छ । यसै आसपास भारतका दुवै नेता काठमाण्डु आउने र कूटनीतिक भेटवार्ता गर्ने काठमाण्डुस्थित भारतीय दूतावास स्रोतले जनाएको छ ।

यसअघि ब्रिक्स सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहभागिता जनाएका थिए । सम्मेलनका क्रममा प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री मोदीसँग संयुक्त भेटवार्ता गरेका थिए ।