६ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

६ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य ६ हजार ४ सय र चाँदी १ सय १० रुपैयाँले बढेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय कायम भएको छ।

महासंघका अनुसार चाँदी एक सय १० रुपैयाँले बढेर प्रति तोला ४ हजार ७ सय ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार छ सय ७० कायम भएको थियो।