बालेन भेट्न प्रधानमन्त्री कार्यालय पुगे सभामुख अर्याल

बालेन भेट्न प्रधानमन्त्री कार्यालय पुगे सभामुख अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी) बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री र सभामुखबीच मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेट भएको हो ।

श्रोतका अनुसार सभामुख अर्यालले विपक्षी दलका सांसदले प्रतिनिधिसभामा उठाएका विषयमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको हरेक बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्रको खोजी गर्दै सीमाबारे दिएको अभिव्यक्तिको जवाफ मागिरहेका छन् ।

यसअघि संसद् बैठकमा विपक्षी सांसदहरूले सरकारका विभिन्न निर्णय तथा पछिल्ला घटनाक्रमबारे प्रधानमन्त्रीको जवाफ मागेका थिए ।

सभामुखले प्रधानमन्त्री शाहलाई लक्षित गरी संसद् बैठकमा कालो चश्मा प्रतिबन्ध गरेको विषय पछिल्लो समय चर्चामा छ ।

मंगलबारको संसद बैठक बस्नुअघि भएकोभेटवार्तामा संसद् र सरकारबीचको सम्बन्ध, संसद्मा उठिरहेका प्रश्न तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री र सभामुखबीच करिब ४० मिनेट एक्लाएक्लै कुराकानी भएको थियो ।