काठमाण्डु – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एक जनाको शव फेला परेको छ ।
घटनास्थलबाट स्थानीय ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका अनुसार पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
रोल्पाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसहितको टोली घटनास्थल पुगी बेपत्ताहरुको खोजीकार्यमा संलग्न रहेको जानकारी दिइएको छ ।
पहिरोले घर तथा गोठहरु पुरिँदा ठूलो मानवीय क्षति भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।
रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारामा बुधबार राति आठ बजेर ४० मिनेट जाँदा घरमाथिबाट पहिरो झरेको थियो । पहिरोमा कमलबहादुर पुनमगरलगायत ६ वटा घर गोठहरु पुरिएका छन् ।
मृतक
रोल्पा थबाङ गापा ५ बस्ने १८ वर्ष शान्ति पुन मगर
सोही स्थानका ६० वर्षीय कमल बहादुर पुन मगर
सोही स्थानका ७१ वर्षीया मनरखी पुन मगर
घाइते
हिमाल पुन मगर
संजय घर्ती मगर
बेपत्ता
४० वर्ष की जुन कुमारी पुन मगर
९ वर्षकी अशिम पुन मगर
६ वर्षका अशोक पुन मगर
७५ वर्षीय डल बहादुर पुन मगर
८० वर्षका अजम्बर पुन मगर
७८ वर्षका बल बहादुर पुन मगर
७२ वर्षका लिल बहादुर पुन मगर
७१ वर्षका मनि पुन मगर
६७ वर्षकी हस्तकला रोका मगर




प्रतिक्रिया