काठमाण्डु– भारतको बिहारस्थित लखीसरायको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान भागदौड हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।
साउनको सोमबारीका लागि ठूलो संख्यामा भक्तजन भेला भएका बेला मन्दिरमा भीड बढेपछि अचानक भागदौड मच्चिएको हो।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। पूजा तथा दर्शनका लागि मूल मन्दिरमा मानिसहरूको घुइँचो बढेपछि स्थिति अनियन्त्रित भई अचानक भागदौड मच्चिएको बताइएको छ।
घटनाको सूचना पाएलगत्तै प्रहरी र प्रशासनिक टोली घटनास्थल पुगेर उद्धार तथा राहत कार्य सुरु गरेका छन्। घाइतेहरूलाई उपचारका लागि तुरुन्तै नजिकैका अस्पतालहरूमा लगिएको छ।
अशोकधाम लखीसरायको एक प्रमुख धार्मिक स्थल हो, जहाँ साउन महिनामा ठुलो सङ्ख्यामा भक्तजनहरू आउने गर्छन्।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।




प्रतिक्रिया