नेपाल र भारतका प्रधानसेनापतिबीच भेटवार्ता

नेपाल र भारतका प्रधानसेनापतिबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटवार्ता उनीहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले बताएको छ ।

प्रधानसेनापति सिग्देलको निमन्त्रणमा भारतीय सेनापति सेठ आइतबार काठमाण्डु आएका हुन् ।

सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा माल्यार्पण गरेका थिए । त्यसपछि सैनिक मुख्यालयमा गार्ड अफ अनर लिएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको सम्मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न समेत प्राप्त गर्ने कार्यक्रम छ ।