बागमती र लुम्बिनीका मुख्यमन्त्रीको विश्वासको मतमा राप्रपा तटस्थ बस्ने

बागमती र लुम्बिनीका मुख्यमन्त्रीको विश्वासको मतमा राप्रपा तटस्थ बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज लिन लागेको विश्वासको मतमा तटस्थ बस्ने निर्णय गरेको छ।

प्रदेशसभा सदस्यहरुलाई ह्विप जारी गर्न सम्बन्धित संसदीय दलका नेतालाई पार्टीले निर्देशन दिएको हो ।

प्रदेशहरुमा सरकार निर्माण सम्बन्धि विषयमा अर्को निर्णय नभएसम्म राप्रपा तटस्थ रहन अध्यक्ष राजेन्द्र लिङ्देनले निर्देशन दिएका छन् ।

बागमतीमा राप्रपाका १२ जना र लुम्बिनीमा ४ जना सांसद रहेका छन् ।

आज बस्ने प्रदेश सभाको बैठकमा बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने तयारी गरिरहेका छन् ।