काभ्रेमा बोलेरो भीरबाट खस्याे, २ जनाकाे घटनास्थलमै मृत्यु

काभ्रेमा बोलेरो भीरबाट खस्याे, २ जनाकाे घटनास्थलमै मृत्यु

प्रतिकात्मक तस्वीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते भएका छन्।

पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा बोलेरोमा सवार नामथर र वतन नखुलेका दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको छ।

घटनास्थलमा उद्धारका लागि प्रहरी टोली र एम्बुलेन्स खटाइएको छ। दुर्घटनाको कारण तथा मृतक र घाइतेको पहिचानबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।