काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक भदौ ५ गते बस्ने भएको छ ।
सभापति रवि लामिछानेले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएका हुन्। रास्वपाको पहिलो महाधिवेशन पछि यो दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि साउन १३ मा केन्द्रीय समिति बैठक बसेको थियो।
बैठकले केही पदाधिकारी, सचिवालय सदस्य र केही केन्द्रीय सदस्य मनोनीत गर्नेछ । बैठक बस्नेबारे केन्द्रीय सदस्यहरूलाई सूचना पठाइएको छ।
अब रास्वपामा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनीत गर्न बाकी छ। यस्तै २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनीत गर्न बाकी छ।




प्रतिक्रिया