विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री बानियाँले दिए राजीनामा

विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री बानियाँले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन् । सोमबार बागमती प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन् ।

बानियाँले विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका हुन् । साउन ६ गते एमालेले दिएको समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका थिए ।

बानियाँले राजीनामा दिनुअघि एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदामा प्रगति प्रस्तुत गरेका छन्। 

१०४ सदस्य रहेको बागमती प्रदेश सभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ।

एमालेले समर्थन फिर्ता गरेपछि अहिले कांग्रेसका ३६ र हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसद मात्र बानियाँको पक्षमा रहेका थिए ।