काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) आजबाट एमाले नेता हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारका सहभागी हुँदैछ ।
दुई दलका शीर्ष नेताबीचको तीन बुँदे समझदारीपछि काँग्रेस बाहिरिइसँगै नेकपा सरकारमा सहभागी हुन लागेको हो ।
नेकपाले जीवन आचार्यको नेतृत्वमा सरकारमा पठाउने चार मन्त्रीको नाम टुंगो लगाएको छ ।
आचार्य संयोजक पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाईं हुन् । आचार्यले भौतिक पूर्वाधार मन्त्रालयसहित सरकारमा पार्टीका तर्फबाट नेतृत्व लिनेछन् ।
यस्तै गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानुन, गीता तिम्सिना सामाजिक विकास र खिनु लङ्वा लिम्बू वन, पर्यटन तथा वातावरणमन्त्री बन्ने भएका छन् ।
यस्तै सपना परियारलाई राज्यमन्त्री बनाउने निर्णय नेकपा संसदीय दलले गरेको छ ।
नेकपाले कोशी प्रदेशका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री राजेन्द्र राई, संसदीय दलका नेता ईन्द्र आङ्बो र प्रदेश अध्यक्ष हर्क नेम्वाङलाई मन्त्री छान्ने जिम्मेवारी दिएको थियो ।
मन्त्रीहरुले आजै सपथ लिने तयारी छ ।




प्रतिक्रिया