लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेशसभाले विश्वासको मत दिएको छ ।

सोमबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले बहुमत प्राप्त गरेका हुन् ।

आचार्यको पक्षमा ४५ मत र विपक्षमा २६ मत परेको छ । सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले बहुमत प्राप्त गरेको औपचारिक घोषणा गरे ।

आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदहरूले विश्वासको मत दिएका छन् भने नेपाली काङ्ग्रेस र जनमत पार्टीका सांसदहरूले विपक्षमा मतदान गरेका छन् ।

यस्तै राप्रपा भने तटस्थ बसेको छ।