आकस्मिक समयको दुरुपयोग गरेपछि सभामुखले काटे रास्वपा सांसद खरेल बोल्दा-बोल्दै माइक

आकस्मिक समयको दुरुपयोग गरेपछि सभामुखले काटे रास्वपा सांसद खरेल बोल्दा-बोल्दै माइक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभामा आकस्मिक समयको सदुपयोग गर्दै पार्टीगत चुनावी गतिविधिबारे धारणा राख्न खोजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुलभ खरेललाई सभामुख डोलप्रसाद अर्यालले बोल्दा बोल्दै बीचमै रोकेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा खरेलले बोल्नका लागि आकस्मिक समय मागेका थिए । खरेलले रास्वपाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचन लक्षित ‘क्यान्डिडेट क्लब’ को प्रसंगमा विषय राखे ।

पार्टीले चुनावी अभियान थालेकामा खरेलले धन्यवाद दिए । खरेलले निर्वाचनसँगै प्रदेशसभा र संघीय संसदका विषयमा अभिव्यक्ति राख्न थालेपछि सभामुखले उनलाई रोके ।

तत्कालीन वा गम्भीर प्रकृतिका घटनामा सरकारको ध्यानाकर्षण गराउने प्रयोजनका लागि संसद् नियमावलीमा आकस्मिक समयको प्रबन्ध गरिएको र चुनावी विषय त्यसअन्तर्गत नपर्ने सभामुखको भनाइ थियो ।


‘माननीय सदस्यले आकस्मिक समय माग्नुभएको थियो । माननीय सदस्यले उठाउनुभएको विषय कहीँ पनि आकस्मिक देखिँदैन’, आर्यलले भने, ‘त्यसकारण बसौँ माननीय सदस्य ।’

सभामुखले माइक काटिदिएपछि खरेल चुपचाप सिटमा बसे ।

सभामुख अर्यालले सदनको मर्यादा र बैठक सञ्चालनको प्रक्रियालाई ख्याल गर्न सभामुख अर्यालले सांसदहरुलाई निर्देशन दिए ।