काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आफ्ना सांसदहरूका लागि संसद् बैठकमा अनुपस्थित हुने तथा बैठकबाट बाहिरिनुपर्ने अवस्थाका सम्बन्धमा आवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।
रास्वपाले सांसदहरूलाई पठाएको निर्देशनअनुसार कुनै कारणवश संसद् बैठकमा पूर्णरूपमा उपस्थित हुन नसक्ने, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, उपस्थित भएर बैठक बिचमै छाड्नुपर्ने वा बैठकको बिचमा बाहिर गएर पुन: फर्किनुपर्ने अवस्थामा ‘संसद् बैठक अनुपस्थित आवेदन’ फाराम अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
पार्टीले सांसदहरूको उपस्थितिलाई व्यवस्थित गर्न ४ वटा अवस्थालाई आवेदनको दायरामा राखेको छ । जसअनुसार (क) संसद् बैठकमा पूरै उपस्थित हुन नसक्ने, (ख) बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, (ग) उपस्थित भएर बैठक बिचमै छाड्नुपर्ने र (घ) बैठकको बिचमा बाहिर गएर पुन: फर्किनुपर्ने अवस्थाका लागि आवेदन दिनुपर्नेछ ।
रास्वपाले कारणवश संसद् बैठकमा उपस्थित हुन नसक्ने वा तोकिएको अवधिमा बैठकमा उपस्थित हुन तथा बस्न नसक्ने सांसदहरूले अनिवार्य रूपमा आवेदन पेश गर्नुपर्ने जनाएको छ ।
पार्टीले यस्तो व्यवस्था संसद्मा सांसदहरूको उपस्थितिलाई व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउन गरिएको जनाएको छ ।




प्रतिक्रिया