भदौ १० गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

भदौ १० गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १० गते हुने भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय तोकेका हुन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ ।

नियमावलीको दफा ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सदस्यले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक प्रारम्भ हुनुभन्दा ३ दिन अगावै सभामुखलाई गराउनुपर्नेछ ।

दफा ५९ मा यस्ता प्रश्नमा शर्त लागू हुने व्यवस्था छ । जसअनुसार प्राप्त प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय सभामुखले गर्नेछन् । प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी अन्य कार्यविधि सभामुखबाट निर्धारण भएबमोजिम हुनेछ ।