सरकारी कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्न महालेखाको परिपत्र

सरकारी कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्न महालेखाको परिपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संघीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन्।

अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शनअनुसार महालेखा नियन्त्रक कार्यालयले संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रूपमा तलब–भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाएको हो।

महालेखा नियन्त्रक कार्यालयको बजेट तथा शोधभर्ना शाखाले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्दै १५ दिन व्यतीत भएपछि अर्धमासिक रूपमा तलब, भत्ता भुक्तानी गर्न निर्देशन दिएको छ।

पत्रमा भनिएको छ ‘कर्मचारीहरुलाई हरेक महिनाको १५ दिन व्यतित भएपश्चात अर्धमासिक रुपमा तलब भत्ता भुक्तानी गर्न गराउन यस कार्यालयबाट प्रणालीमा आवश्यक व्यवस्था मिलाइ सकिएकाले तहाँ कार्यालय अन्तरगत कार्यरत राष्ट्रसेवकहरुलाई उपरोक्तानुसार अर्धमासिक रुपमा तलब, भत्ता (बजेट वक्तव्य २०८३ /८४ अनुसारको कर्मचारी प्रोत्साहन भत्ता समेत) भुक्तानी गर्नु गराउनुहुन अनुरोध छ ।’

यस्तै पत्रमा अर्थमन्त्रीस्तरको २०८३ वैशाख ४ गतेको नीतिगत मार्गदर्शनअनुसार प्रणालीमा आवश्यक व्यवस्था मिलाइसकिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। कार्यालयको २०८३ भदौ १ गतेको निर्णयअनुसार उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन अनुरोध गरिएको हो।