बागमतीका प्रदेश प्रमुखलाई हाम्रो समर्थन छैन, हस्ताक्षरलाई मान्यता नदिनु : राप्रपा

बागमतीका प्रदेश प्रमुखलाई हाम्रो समर्थन छैन, हस्ताक्षरलाई मान्यता नदिनु : राप्रपा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्देशनविपरीत सरकार निर्माणका लागि समर्थन दिएको भन्दै संसदीय दलका नेताले हस्ताक्षर सार्वजनिक गर्नु गम्भीर अनुशासन उल्लंघन भएको जनाएको छ।

बुधबार राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले विज्ञप्ति जारी गरी पार्टीको निर्देशनविपरीत समर्थन दिइनु गम्भीर अनुशासन उल्लंघन भएको बताएका हुन् ।

विज्ञप्तिमा यस विषयमा अनुशासन समितिले आवश्यक प्रक्रिया अघि बढाइसकेको उल्लेख गरिएको छ।

राप्रपाले बागमती प्रदेशमा सरकार निर्माणका लागि आफ्ना सांसदहरूको समर्थन रहेको भन्दै प्रदेश प्रमुखलाई बुझाइएको पत्रमा पार्टीको आधिकारिक समर्थन नरहेको स्पष्ट पारेको छ। उक्त पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध गर्दै पत्राचारसमेत गरिसकेको पार्टीले जनाएको छ।

‘बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई मुख्य मन्त्रीमा राप्रपाका सदस्यहरूको समर्थन रहेको भनि बुझाइएको पत्रमा राप्रपाको सहमति नभएको हुँदा उक्त पत्रलाई मान्यता प्रदान नगर्न हुन अनुरोध छ ।’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीले आफ्नो निर्णय र नीतिबारे कुनै भ्रममा नपर्न स्वदेश तथा विदेशमा रहेका पार्टी सदस्य, शुभेच्छुक तथा आम नागरिकलाई अपिल गरेको छ।