कर्णालीमा एमालेका ३ मन्त्रीद्वारा शपथ ग्रहण

कर्णालीमा एमालेका ३ मन्त्रीद्वारा शपथ ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट सहभागी ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सत्तारूढ एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि ३ हप्तापछि कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको हो ।

एमालेका तर्फबाट सरकारको नेतृत्व गर्दै टेकराज पछाईले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै जीतबहादुर मल्लले सामाजिक विकास मन्त्रालय र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

नवनियुक्त तीनै मन्त्रीलाई बुधबार साँझ आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

मन्त्रालय बाँडफाँटमा भएको सहमतिअनुसार एमालेले ३ मन्त्रालय पाएको छ । एमालेले मन्त्रीको टुंगो लगाए पनि नेकपाले पाएका ३ मन्त्रालयमा भने हालसम्म मन्त्री छनोट गरेको छैन ।

लामो समयदेखि मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको थियो । बुधबार मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि एमाले र नेकपाबिच मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि सरकार विस्तारको बाटो खुलेको छ ।