परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको महासभामा जाने

परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको महासभामा जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय भएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले महासभामा नेपालको सहभागिताका लागि परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो ।

नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको हो । त्यसयता नेपालले संयुक्त राष्ट्रसंघको महासभामा नियमित रूपमा सहभागिता जनाउँदै आएको छ ।