ठेक्का सम्झौता तोडिएका १२ निर्माण व्यवसायीलाई रकम फिर्ता गर्न ३५ दिने अल्टिमेटम

ठेक्का सम्झौता तोडिएका १२ निर्माण व्यवसायीलाई रकम फिर्ता गर्न ३५ दिने अल्टिमेटम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता तोडिएका निर्माण व्यवसायीलाई बाँकी रकम फिर्ता गर्न ३५ दिने अल्टिमेटम दिएको छ ।

डिभिजनअन्तर्गत सञ्चालित आयोजनाहरूमा करारीय दायित्व पालना नगरेको भन्दै १२ निर्माण व्यवसायीलाई ३५ दिन भित्र रकम दाखिला गर्न भनिएको हो ।

सूचनामा ठेक्काहरूमा सम्बन्धित निर्माण व्यवसायीबाट करारीय दायित्व पालना नभई सम्झौताको आधारभूत उल्लंघन भएकाले यस डिभिजनको तपसिलमा उल्लिखित मितिको निर्णयानुसार ठेक्का सम्झौता अन्त्य गरिएको उल्लेख गरिएको छ ।

‘ठेक्का अन्त्य पश्चात्को कारबाही स्वरूप खरिद सम्झौताको प्रकरण ७५।३ साथै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (८) बमोजिम कायम भएको सरकारी बाँकी रकम दाखिला गर्ने सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ९० (१) र ९० (३) बमोजिम रकम दाखिला गराउन प्रयास गरिएकोमा हालसम्म पनि उक्त रकम दाखिला नभएको हुँदा ऐ. नियमावलीको नियम ९० (५) बमोजिम दाखिला गर्नुपर्ने सरकारी बाँकी सरहको रकम नेपाल सरकारको नेपाल बैंक लिमिटेडमा रहेको राजस्व खाता नं. ००१०१००००००००१००१००१, राजस्व कोड नं. १४३१२, कार्यालय कोड नं. ३३७०१०३०१ मा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र दाखिला गरी सोको बैंक भौचर यस डिभिजनमा पेश गर्नुहुन सूचित गरिन्छ ।’ सूचनामा भनिएको छ ।

पाँचथरको बुढाथोकी निर्माण सेवा, ताप्लेजुङको मावोहाङ निर्माण सेवा, मकवानपुरको शिव शक्ति इन्फ्रा डेभलपर्स, इलामको एम.डि.ब्रो. कन्स्ट्रक्सन, धनकुटाको शाहरपूजा जे.भी, धनकुटाकै आशिवर्दि रपूजा जे.भी. रकम दाखिला गर्न भनिएको छ ।

यस्तै इलामको एबिसि निर्माण सेवा, धनुषाको के.एम.कन्स्ट्रक्सन, पाँचथरको टेक एण्ड सपना कन्स्ट्रक्सन, धनुषाको गायत्री माँ कन्स्ट्रक्सन एण्ड समरित कन्स्ट्रक्सन जे.भी.लाई रकम फिर्ता गर्न ताकेता गरिएको छ ।