कोरला नाकाबाट साउनमा भित्रिए सय इभी गाडी

कोरला नाकाबाट साउनमा भित्रिए सय इभी गाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन्।

मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्यकोषमा २९ करोड रुपैयाँ राजस्व दाखिला भएको छ। यो नाकाबाट दैनिक १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको भन्सार प्रमुख विदुर चुडाललले जानकारी दिए।

गत आवमा यहाँबाट तीन हजार विद्युतीय सवारीसाधन आयात भएका थिए। गत आवमा छ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो। यो नाका इभी आयातको नयाँ मार्गका रुपमा विकसित भएको छ।