खगेन्द्र सुनार भन्छन्ः सभापतिज्यू, अमर्यादित लाग्छ भने आजै निकाल्दिनुस्, दैलेखको नाइट बस चढ्छु

खगेन्द्र सुनार भन्छन्ः सभापतिज्यू, अमर्यादित लाग्छ भने आजै निकाल्दिनुस्, दैलेखको नाइट बस चढ्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् खगेन्द्र सुनारले आफ्ना अभिव्यक्ति अमर्यादित लागे बैठकबाट निकाल्न संसदको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिलाई चुनौती दिएका छन् ।

बिहीबार समिति बैठकमा बोल्दै उनले भ्रष्टाचार र अनियमितताको विषय उठाउँदा अमर्यादित लाग्न भने निकाल्न चुनौती दिए ।


सामान्य ढंगले प्रश्न गरेर भ्रष्टाचारको गहिराइमा पुग्न नसकिने तर्क गर्दै उनले समितिमा उठाइने प्रश्न निर्मम, गम्भीर र गहिरो हुनुपर्ने बताए ।

समितिमा रहँदासम्म भ्रष्टाचार र खरिद प्रक्रिया सम्बन्धी विषयमा आफूले कडा प्रश्न उठाइरहने उनको भनाइ थियो । भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्दा आफूलाई अमर्यादित भनेर घेराबन्दी गर्ने काम भएको टिप्पणी गरे ।

‘पछिल्लो बैठकमा जे जे भयो, त्यो जनताले सबै ठाउँबाट देखिरहनुभएको छ । मेरो सभापतिज्यूलाई मेरो एउटा गम्भीर ध्यानाकर्षण के छ भने समितिमा भएका छलफलहरूमा कहीँकतै त्यो नियम नियमावली विपरीत छ भने सभापतिज्यूले रूलिङ गर्नुहोला, भन्नुहोला । तर एउटा सांसदले अर्को सांसदलाई हुर्मत लिने, धम्क्याउने, घेराबन्दी गर्ने काम त्यो मान्य छैन । बोल्दै गरेको वक्ता पनि त्यहीँ निर्वाचित सांसद हो, जो जनताबाट अनुमोदित भएर आएको मान्छे हो। यहाँ प्रत्येक सांसद सार्वभौम छ। त्यो भन्दै गर्दा कहीँकतै नियमापत्ति भयो भने सार्वजनिक लेखा समितिको जुन नियम नियमावली छ त्यो देखाउने, नियमापत्ति गर्ने र सभापतिले रूलिङ गर्ने । ताकि यसो र त्यसो भन्ने छैन । हुँदैन, त्यो मान्य छैन, त्यो स्वीकार्य छैन । फेरि घेराबन्दी गरिन्छ भने खगेन्द्र सुनार स्वीकार्न तयार छ । कहाँको कठघरामा उभिनुपर्छ, प्रत्येक मेरो प्रश्नको मसँग जवाफ छ । त्यो फेस गर्न खगेन्द्र सुनार तयार छ’, उनले भने ।


उनले आफूमाथि शैली नमिलेको प्रश्न उठाउनेहरुलाई पहिलाको शैलीले भ्रष्टाचारको छानबिन नहुने जवाफ फर्काए ।


शैली मिलेन भनिएको छ । पहिलेको शैलीमा भ्रष्टाचारको छानबिन हुँदैन है । ‘भन भन भाइ यो, भन कति खाइयो, भन छिटो चाहियो, लौ छिटो भन, अत्तो यता भन’, उनले भने, ‘पहिलेको शैलीमा प्रश्न हुँदैन । प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तलैबाट हुन्छ । प्रश्नकर्ता वक्ता अस्वाभाविक, अमर्यादित लाग्यो भने समितिको सभापतिले आजैको मितिबाट घर पठाइदिनुहोला । म दैलेखको नाइट बस चढ्न तयार छु ।’