काठमाण्डु– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बोलाएर पासपोर्ट खरिद प्रकरणबारे छलफल गर्नुपर्ने विषय उठेको छ ।
एमाले सांसद् मोहम्मद इस्तियाक राईले पासपोर्ट खरिदको विषयमा समितिले प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
‘पासपोर्ट खरिदको विषय बाहिर जो आएको छ’, बिहीबार समिति बैठकमा उनले भने, ‘यसबारे प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्छ ।’
यस्तै उनले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार मिचेर आफू मातहत रहने गरी छुट्टै सम्पत्ति छनबिन आयोग गठन गर्नुको कारणबारे पनि प्रधानमन्त्रीलाई समितिलाई जानकारी गराउनुपर्ने उनको माग थियो ।
राईले पनि अख्यिार प्रमुखसहित आयुक्तहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर ७ घण्टा सम्म थुनिनुको कारण के हो भन्दै प्रश्न गरे ।
समितिमा रास्वपा सांसद् अमरेशकुमार सिंह, काँग्रेस सांसद् अर्जुननरसिंह केसी, श्रम संस्कृतिका अध्यक्ष हर्कराज राई, राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलगातले अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर अमुक काम गर्न दबाब दिएको विषयमा जवाफ मागेका थिए ।




प्रतिक्रिया