काठमाण्डु – नेपालका लागि युरोपियन संघका राजदूत भेरोनिक लरेन्जोले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छन् ।
राष्ट्रपति भवनमा बिहीबार भएको शिष्टाचार बिदाइ भेटका क्रममा नेपाल र युरोपियन संघबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा युरोपियन संघका राजदूत लरेन्जोलाई बधाई तथा शुभकामना दिएका राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया