बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका थापा नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका थापा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन् ।

एमाले, नेकपा र राप्रपाको समर्थनमा बिहीबार थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को (२) अनुसार थापालाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

थापाले ६३ सांसदको समर्थनमा सरकार गठनका लागि दाबी गरेका थिए । दाबीमा हस्ताक्षर गरेका राप्रपा सांसदको विषयमा विवाद चलिरहेका बेला थापा मुख्यमन्त्री नियुक्त भएका छन् । थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन छ ।