काठमाण्डु – जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल सोधपुछपछि छुटेका छन् ।
बिहीबार दिउँसो उनलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट सोधपुछका लागि नियन्त्रणमा लिएकोमा साँझ रिहा गरिएको हो ।
प्रहरीले सोधपुछपछि आफूलाई छाडेको उनले भिडियोमार्फत जानकारी दिएका छन् । चेक अनादर सम्बन्धी जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको थियो ।
पौडेलविरुद्ध २ जना पूर्व कर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए । जनता टेलिभिजनमा पूर्वपत्रकार, पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्दै आएका थिए ।




प्रतिक्रिया