वायुसेवा निगम अध्यक्षमा ८० वर्ष नाघेका श्रेष्ठको नियुक्ति सर्वाेच्चबाट बदर

वायुसेवा निगम अध्यक्षमा ८० वर्ष नाघेका श्रेष्ठको नियुक्ति सर्वाेच्चबाट बदर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वाेच्च अदालतले बदर गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल र सुनिलकुमार पोखरेलको इजलासले बिहीबार श्रेष्ठ विरुद्धको आंशिक रिट जारी गर्दै नियुक्ति बदर गरेको हो ।

रिट जारी भएसँगै नेपाल वायुसेवा निगमका ८० वर्ष नाघेका कार्यकारी अध्यक्ष श्रेष्ठ पदमुक्त भएका छन् ।

नेपाल वायुसेवा निगमका सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले उनीविरुद्ध रिट दायर गरेका थिए ।