बंगलादेशको २३औँ राष्ट्रपतिमा आलमगीर निर्वाचित

बंगलादेशको २३औँ राष्ट्रपतिमा आलमगीर निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बंगलादेशको नयाँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएका छन् ।

बंगलादेशको संसद्‍ले आलमगीरलाई बिहीबार भएको निर्वाचनमा नयाँ राष्ट्रपति चयन गरेको हो। करिब ३५ वर्षपछि बंगलादेशमा २३औँ राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानमार्फत भएको थियो ।

सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का उम्मेदवार आलमगीर २५५ मत प्राप्त गर्दै राष्ट्रपति निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत पाए ।

राष्ट्रपति चुनिएका आलमगीर पूर्वप्रधानमन्त्री शेख हसिनाका प्रमुख विरोधीमध्ये एक हुन् । आलमगीरले कठिन समयमा बीएनपीको नेतृत्व गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनलाई विभिन्न समयमा पटक-पटक गिरफ्तारसमेत गरिएको थियो ।

बंगलादेशमा राष्ट्रपतिको पद मुख्यतः औपचारिक मानिन्छ । तर प्रस्तावित सुधारअनुसार राष्ट्रपतिको पदलाई थप अधिकार प्रदान गर्न सकिने बताइएको छ, जसले देशका शीर्ष नेताहरूबीच शक्ति सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।