तीन दिनसम्म ठूलो वर्षाको सम्भावना

तीन दिनसम्म ठूलो वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका विभिन्न भूभागमा आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहँदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । देशका अन्य हिमाली र पहाडी भू–भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही ठाउँमा तथा मधेश प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन चट्याङ्ग सहित मध्यमसम्म वर्षा हुने महाशाखाको अनुमान छ ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । त्यस्तै, भोलि दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकरदुई ठाउँमा तथा राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा ठूलो वर्षा हुने महाशाखाको अनुमान छ ।

आइतबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकरदुई ठाउँमा ठूलो वर्षा हुने महाशाखाले जनाएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा खोलानालामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा नदी, खोला र जोखिमयुक्त भिरालो क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको सुझाव छ ।