प्रधानमन्त्री शाह पोखरा प्रस्थान

प्रधानमन्त्री शाह पोखरा प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ शुक्रबार पोखरा प्रस्थान गरेका छन्। मुस्ताङ भ्रमणका लागि प्रधानमन्त्री शाह काठमाण्डुबाट स्थलमार्ग हुँदै पोखरा प्रस्थान गरेका हुन् ।

उनले भ्रमणका लागि आफ्नो सरकारी गाडी प्रयोग गरेका छन्। उनी गाडीमै पोखरा पुगेर मुस्ताङ जाने कार्यक्रम छ।

पोखरामा प्रधानमन्त्री कुन कार्यक्रममा सहभागी हुने जनाइएको छैन । पोखरा पछि प्रधानमन्त्री शनिबार मुस्ताङको मुक्तिनाथ जाने कार्यक्रम छ । उनी पोखराबाट हेलिकोप्टरमार्फत मुस्ताङ पुग्ने जनाइएको छ ।     

उनी पोखरा पुगेपछि कास्कीको अन्नपूर्ण गाउँपालिकाको अस्ताममा रहेको एक रिसोर्टमा रात बिताउने तालिका छ। उनका लागि रिसोर्ट बुक भइसकेको छ।