काठमाण्डु – गुगलले नेपालमा बाढी तथा विपद्सम्बन्धी जोखिम कम गर्न र नागरिकको सुरक्षाका लागि आपतकालीन सूचना सेवा सुरु गरेको छ।
गुगलको होम पेजमा ‘नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एन्ड अपडेट्स’ लिंक राखिएको छ । लिंकभित्र विनाशकारी बाढीसम्बन्धी गुगलको ‘बाढी अलर्ट’ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचार देखिन्छन् । प्रभावित क्षेत्रको नक्सा पनि राखिएको छ ।
यस प्रविधिको मुख्य उद्देश्य जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखा जस्ता आधिकारिक सरकारी निकायहरूबाट प्राप्त हुने
बाढीका पूर्वसूचना तथा चेतावनीहरूलाई गुगल म्याप्स र गुगल सर्चमार्फत तत्कालै सर्वसाधारणसम्म पुर्याउनु हो।यस सेवाले विशेष गरी बाढी प्रभावित वा जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरूलाई समयमै सचेत गराई सुरक्षित स्थानमा जान मद्दत गर्दछ।




प्रतिक्रिया