नुवाकोट– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शित्रुलीमा आएको बिनाशकारी बाढीबाट सिर्जित चुनौती निकै ठूलो भएको र आफूहरुलाई हम्मेहम्मे परेको बताएका छन् ।
शनिबार नुवाकोटको विदुरमा बाढी प्रभावित क्षेत्रको अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै वाग्लेले सरकारको पहिलो प्राथमिकता उद्धार र राहतमा रहेको बताए ।
‘यो चुनौती यति ठूलो छ कि, यसमा हामीलाई अलिकति हम्मेहम्मे परिरहेको अवस्था यथार्थ नै हो,’ उनले भने, ‘यद्यपि समग्र पुनर्निर्माण प्रक्रियासम्म पुग्दा कुनै पनि रकमको कमी नहोस् भनेर हामी काम गरिरहेका छौँ ।’
उद्धार तथा राहतको काम सकिएपछि पुनर्निर्माणको काम अघि बढाइने उनले उल्लेख गरे ।




प्रतिक्रिया